बुटबल, १६ साउन ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले १० वटा डायलाइसिस मेसिन थप गर्ने भएको छ । रोटरी क्लब अफ बुटवल साउथको सहयोगमा २०७२ असोजमा ६ वटा मेसिन बाट सेवा शूरु गरी अहिले १७ वटा मेसिन बाट सेवा प्रदान गर्दै काठमाण्डौ बाहिरको सबै भन्दा ठुलो युनिटको रुपमा स्थापित भएको छ ।
नेपाल सरकारबाट प्रदान गरिने निःशुल्क सेवा यस अस्पतालबाट प्रदान भए पछि बिरामीको संख्था बडेको हो ।
अहिले अस्पतालमा देनिक ४५ देखि ५० जना बिरामीले निःशुल्क डायलाइसिस सेवा लिइरहेका छन ।
प्रतिक्रिया