७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

आईसीसीले नेपाली क्रिकेटरलाई एक वर्षको तलब दियो



काठमाडौं, १२ साउन ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ ।
नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो ।
क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको थियो । उनीहरुले तलब पाएका छन् । खेलाडीहरुको ग्रेडअनुसार तलब आएको छ ।
क्रिकेट संघले आईसीसीबाट निलम्बनमा पर्नुअघि ए, बी र सी गरेर खेलाडीहरुको ग्रेडिङ गर्दै तलब तोकेको थियो । त्यसबेला ए ग्रेडका खेलाडीले मासिक ३५ हजार, बी ग्रेडले २५ हजार र सी ग्रेडले मासिक १० हजार तलब पाउने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  ५ : ५४ बजे