बाबुराम रायमाझी, जितपुर ।
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बाणगंगा–४, कपिलवस्तुले आफ्ना सदस्यहरूमाथि पर्ने विभिन्न समस्याहरूलाई सामूहिक रूपमा समाधान गर्न सक्रियता देखाउँदै राहत तथा उदार सहयोग प्रदान गर्दै आएको छ। यसपटक संस्थाका सदस्यहरूमध्ये दैवी प्रकोप, जटिल स्वास्थ्य समस्या र अन्य आर्थिक कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई राहत वितरण गरेको हो।
संस्थाले प्रत्येक सदस्यबाट वार्षिक रूपमा संकलन गरेको रकमबाट राहत तथा सहयोगका लागि कोष स्थापना गरेको छ। यो कोषको प्रमुख उद्देश्य आपत्कालिन परिस्थितिमा सदस्यहरूलाई सहयोग पुर्याउनु हो।
हालै बाणगंगा नगरपालिका–११ निवासी राधा थारू जो दीर्घकालीन स्वास्थ्य समस्याबाट पीडित थिइन् उनलाई संस्थाले पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उनको उपचार खर्च जुटाउन यस सहयोगले ठूलो भूमिका खेलेको छ।
राहत वितरण कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष अम्बिका थापा क्षेत्री र व्यवस्थापक हरिलाल शर्मा लगायत अन्य सदस्यहरूको सहभागितामा सम्पन्न भएको थियो। यो कार्यक्रम २०८१ साल पुषमा सम्पन्न भएको हो।
यस किसिमको सक्रियता र सहयोगले सहकारी संस्थाले आफ्ना सदस्यहरूमा विश्वास र सहयोगको भावना अझै प्रगाढ बनाएको छ।
प्रतिक्रिया