मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्षको बागडोर डिलाराम भुसालले सम्हाल्ने भएका छन् ।
महासंघको चुनावी तालिका अनुसार शुक्रबार तौलिहवामा निर्वाचन भएको थियो ।
३ मतको अन्तरले पार्वती पाण्डेलाई हराउँदै भुसालले चुनाव आफ्नो पक्षमा पारेका हुन् ।
प्रेस सेन्टर नेपाल र प्रेस मञ्च नेपालको साझा उम्मेदवार बनेका भुसालले नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, समाजवादी पत्रकार संघ नेपाल र प्रगतिशील पत्रकार संघबाट उम्मेदवार बनेकी पाण्डेलाई चुनावमा हराएका हुन् ।
दुवै पक्षले चुनावमा आ-आफ्नो प्यानल खडा गरेका थिए ।
प्रेस चौतारीकी पाण्डेलाई आफ्नै गठबन्धनबाट मत आउन सकेन् ।
निर्वाचनमा पाण्डे प्यानलबाट खगप्रसाद चापागाईले चुनाव जितेका छन् । चापागाईले भुसाल प्यानलका दिपक कुँवरलाई चुनावमा पराजित गरेका हुन् ।
चापागाईँले ६२ मत पाएभने कुँवरले १९ मत पाएका छन् ।
सचिवमा सनिउल्लाह धोवी निर्वाचित भएका छन् । धोवीले भुपाल थापालाई ४ मतले पराजित गरेका छन् ।
धोवीले ३२ मत ल्याउँदा थापाले २८ मत पाएका छन् । यस्तै सचिव पदका अर्का उम्मेदवार गुरुदेव पौडेलले २० मत पाएका छन् ।
सह-सचिवमा कृष्ण प्रसाद पौडेल र पिताम्बर घिमिरेले समान ३८ मत पाएका छन् ।
सह-सचिव समावेशीमा नारद कोहारले ३९ मत ल्याउँदा मनिष गुप्ताले ३८ मत पाएका छन् ।
कोषाध्यक्षमा मोहन बेल्वासेले ५० मत पाएका छन् । सोही पदका उम्मेदवार दिलिप कुमार यादवले २९ मत ल्याएका छन् ।
खुल्ला सदस्यमा अशोक पौडेल, बाबुराम रायमाझी, बासुदेव बर्मा, माधव बेल्वासे निर्वाचित हुँदा अनिल मल्ल पराजित भएका छन् ।
महिला सदस्यमा भगवती न्यौपाने विजयी भएकी छिन् । न्यौपानले ४० मत ल्याउँदा गीता पौडेलले ३७ मत पाएकी छिन् ।
मधेसी सदस्यमा अनिल कुमार मालीले ४५ मत पाएका छन् भने निरहु यादवले ३३ मत पाएका छन् ।
अन्य समावेशी सदस्यमा शिव कुमार ढाढीले ४५ मत पाएर विजयी हुँदा अजय साहनीले ३३ मत पाएका छन् ।
पत्रकार महासंघमा महिला उपाध्यक्षमा दीपा महत सर्वसम्मत चयन भएकी थिइन् ।
प्रतिक्रिया