मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला अदालतको फैसला अनुसार लागू औषध (कोडिन) मुद्दामा फरार प्रतिवादी मायादेवी गाउँपालिका वडा नं.२ अभिराव बस्ने ५२ वर्षिय कपिल चमारलाई प्रहरीले पक्राउ गरेको हो ।
चमारलाई अदालतले १ वर्ष १० महिना ७ दिन कैद सजाय तोकेको थियो । उनलाई आइतबार इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कपिलबस्तु पेश गरी आजै कारागार चलान गरिएको छ ।
प्रतिक्रिया