२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

कपिलवस्तुमा कार र बस ठोकिदा २ को मृत्यु, ११ घाइते



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुमा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान शुद्धोधन गाउँपालिका ३ गुलरी स्थित तौलिहवा-भैरहवा हुलाकी सडक खण्डमा बस, कार र मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

भैरहवादेखि तौलिहवातर्फ जाँदै गरेको लु २ ख २३१ नं.को बस र बिपरित दिशा तर्फ आउँदै गरेको बा १४ च ७४४८ नं.को कार त्यसैगरी लु.३८ प ९१९९ नं.को मोटरसाइकल ठोकिएका हुन् ।
दुर्घटनामा कारमा सवार प्युठान पकाला ७ बस्ने ४३ वर्षिय निम बहादुर सारुको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै कार चालक कपिलवस्तु वाणगंगा नगरपालिका ४ हरीहरपुर बस्ने ४५ वर्षिय ईन्द्र बहादुर सार्कीको कपिलबस्तु जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै ११ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१ शनिबार ००:००  १ : ५६ बजे