८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मंसिरमा कति छन् विवाहका लगन ?



काठमाडौं ।
यो मंसिरको महिना हो । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन ।

मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला ।

तर यसपाली यो महिनाले धेरैको मनमा निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो वर्षैभरी जम्मा विवाहको लगन १७ दिन मात्रै परेका थिए । विवाहको महिना मानिने मंसिरमा भने एक दिन मात्रै साइत परेको छ । सबै भन्दा धेरै त यसपाली फागुन महिनामा परेको छ ।

यो महिनामा ८ गते मात्रै विवाहमूहूर्त छ । मंसिर ८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २ महिनासम्म कुर्नुपर्ने हुन्छ । किनकि माघमा दुई दिन मात्रै विवाहको लागि साइत परेको छ । माघ ४ र २५ गते विवाह गर्नको लागि साइत जुर्छ ।

यस्तै, सबैभन्दा धेरै लगन फागुन महिनामा परेको छ । फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते गरी ८ दिन लगन जुरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१ मंगलबार ००:००  २ : ४५ बजे