कपिलवस्तु ।
बाणगंगा नगरपालिका नगर कार्यपालिकाको २०औँ वैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । आज बसेको वैठकले आर्थिक वर्ष ०८१।८२ को नीति तथा कार्यक्रम यहि असार ५ गते ल्याउने निर्णय गरेको हो ।
असार ५ मा बस्ने बाणगंगा नगरपालिकाको १५ औं नगरसभाको कार्यसूची पारित गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले पेश गर्नुहुने आगामी वर्षको नीति तथा कार्यक्रम कार्यपालिकाले पास गरेको छ । त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले पेश गर्नुभएको न्यायिक समितको प्रतिवेदन र आर्थिक विधेयक २०८१ वैठकले पास गरेको छ ।
कार्यपालिका वैठकमा पेश भएका सवै विषयहरु नगरसभामा पेश गरिने नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
आगामी वर्ष २०८१।८२ मा बाणगंगा नगरपालिकाले ‘बिलिफ वाणगंगा, ब्राण्ड बाणगंगा’को अभियान र जनताको खुशी बढाउने सूचकमा मुख्य आधार बनाई आगामी निति तथा कार्यक्रम अघि बढाइएको वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रतिक्रिया