मायादेवी अनलाइन, बाणगंगा ।
कुलोले बगाउँदा कपिलवस्तु बाणगंगामा एक जनाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाईका लागि बनाइएको स्थानीय कुलोमा बिहिबार माछा मार्ने क्रममा डुबेर एक जना महिलाको ज्यान गएको हो ।
ज्यान जानेमा सोही ठाउँ बस्ने अन्दाजी ५० वर्षीया गुड्ढी थारु रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृतक महिलाले बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो ।
मृतक थारुका श्रीमानसहित २ छोरी र एक छोरा छन् । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया