मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुका नेता रवी आचार्यले बाणगंगा नगरपालिकामा कार्यकारी प्रमुख टिक्न नसक्नुको कारण माग गरेका छन् । नेपाली कांग्रेसबाट बाणगंगाको नगर प्रमुखमा ०७९ को चुनावमा उम्मेद्वार रहेका आचार्यले नगरपालिकाको हाकिम टिक्न नसक्नुको कारण माग गरेका हुन् ।
नेता आचार्यले सामाजिक सन्जाल मार्फत प्रश्न गर्दै लेखेका छन्, ‘बाणगंगा नगरपालिकामा कार्यकारी प्रमुख लामो समयसम्म रहन नसक्नुको कारण के होला र कमजोरी कसको होला ?’
बाणगंगामा हाल रहेका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको सरुवा भएको छ । नगरमा एक बर्ष विताएका भुसालको सरुवा भएको हो । ०७९ को चुनाव यता नगरमा दुई ओटा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेको छ । बाणगंगामा प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न सकेका छैनन् ।
यस विषयमा नगरले कर्मचारी सरुवा हुने र आउने सामान्य प्रक्रिया मात्र भएको बताउँदै आएको छ ।
प्रतिक्रिया