८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चुरे दोहनका कारण मधेस मरुभूमि बन्दै छः कृषि मन्त्री भुसाल



महोत्तरी ।
कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुसालले चुरे दोहनले मधेसको उर्वर भूमि बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन् ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी आएका मन्त्री भुसालले मधेसमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराईका जमिन बन्झर नै बनिरहने उनको तर्क छ ।

‘मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भूमिहरू मरुभूमि बन्दै छन्,’ उनले भने, ‘अब चुरे बचाउनुको विकल्प नै छैन ।’ उनका अनुसार चुरे रहेसम्म मधेस रहने बताउँदै स्थानीय र सरोकारवालाहरू नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेको बताए ।

पछिल्लो केही वर्ष यता मधेसमा चुरे दोहन कै कारण सिंचाइका नहरहरू सुकेका छन् भने खानेपानीको समस्या त बढ्दै गएको छ । मधेसका जिल्लाहरूमा खानेपानी र सिँचाइको हाहाकार नै बने पछि मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरूले माग गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८० आइतबार ००:००  ७ : ५० बजे