मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले कमसल सडक निर्माण गर्ने ठेकेदारलाई कारबाही गर्ने भएको छ ।
सडक निर्माण भएको दुई महिना भित्र ठाउँ-ठाउँमा सडक भत्किएपछि शिवराज नगरपालिकाले ठेकेदारलाई कारबाहीको प्रक्रिया अगाडी बढाएको हो ।
शिवराजको रिङ्गरोड अन्तर्गत करहिया देखि भलुही जाने सडक काम सम्पन्न भएको दुई महिना भित्र भाँसिएको छ ।
सडक* भत्किएपछि नगर प्रमुख अजय थापा स्थलगत अनुगमनमा निस्किएका थिए । अनुगमन पश्चात सडक नबन्दै भत्किएपछि ठेकेदारलाई कारबाही गर्ने गरी नगर प्रमुख थापा एक्सनमा उत्रिएका हुन् ।
यो सडक एमएस दर्शन मालिका एमएस कृत्ती जेभि तिलोत्तमा रुपन्देहीले निर्माण गरेको थियो । दुई महिना भित्रै सडक भत्किएपछि नगर प्रमुख थापाले कम्पनीसहित पालिकामा उक्त साइड हेर्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिएका छन् ।
नगर प्रमुख थापाले काम सन्तोषजन्क नभएकाले कानुनी कारबाही अगाडी बढाउने बताए । उनले उक्त काममा खटिएका पालिकाका दुई कर्मचारीलाई असार २९ गते भित्र स्पष्टिकरण पेस गर्न पत्रचार गरिएको र चित्त बुझ्दो जवाफ नआएमा कारबाही अगाडी बढाउने नगर प्रमुख थापाले बताए ।
प्रतिक्रिया