८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकको मेहनत आवश्यक : सांसद पन्थी



मायादेवी अनलाइन, बाणगंगा ।

विद्यार्थी बढाउने, टिकाउने र विकाउनेमा गुणस्तरीय शिक्षाको ठुलो भुमिका रहने लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनुभयो । बाणगङ्गा बहुमुखी क्याम्पस वाणगंङ्गा लौगाई कपिलवस्तुको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । गुण्स्तरिय शिक्षाले कुनैपनि व्यक्ती,  समुदाय,  राष्ट्रको आवस्यकता पुरा गरी अन्तराष्ट्रिय प्रतिस्पर्धामा होमिन सक्ने जनशक्ती उत्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिस्पर्धाको युग छ बिधार्थीले शिक्षाको लागि नजिक टाढा भन्दैनन, पन्थीले भन्नुभयो– शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकले मेहनत आवश्यक छ । धेरै क्याम्पस भएर कुनै समस्या नहुने तर्क गर्दै उपयुक्त शैक्षिक बाताबरण, आन्तरिक ब्यवस्थापन र शैक्षिक गुणवत्ताको लागि क्याम्पस प्रमुख जिम्मेवार हुन पन्थीले आग्रह गर्नुभयो । शैक्षिक संस्थाहरु समाजका गहना हुन् यिनलाई बचाउनु पर्नेमा जोड दिनुभयो।

क्याम्पस सभा सदस्य समेत रहनु भएका पन्थीले शैक्षिक वातारण राम्रो बनाउन राम्रो नतिजा आवश्यक पर्ने भएकाले शिक्षकले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उच्च शिक्षाको लागि प्रदेश सरकारको सधै सहयोग रहने तर्क गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले विद्यालयको राम्रो नतिजा ल्याउन शिक्षकको अथाह मेहनत आवश्यक पर्ने बताउनु भयो । साथै उहाँले शिक्षाको विकाश एवम् विस्तारवाट नै समुन्नत राष्ट्रको निर्माण गर्न सकिने बताउदै हरेक पक्षको विकासमा शिक्षाको भुमिका अहम हुने बताउनुभयो ।

लुम्बिनी प्रदेश सामाजिक डिभिजन कार्यलय गजेहडाका प्रमुख रामकरन पालले शैक्षिक गुणस्तर सुधार गर्नु भनेको सबैभन्दा ठुलो भुमिका शिक्षकको रहेको बताउनुभयो । समय अनुसार संस्थालाई परिवर्तन ल्याउन आवश्यक रहेको बताउदै विद्याललाई गुणस्तर शिक्षा प्रदान गर्दै सबैको आकर्षणको केन्द्र बन्न शुभकामना दिनुभयो । बाणगङ्गा बहुमुखी क्याम्पस वाणगंङ्गा लौगाईका क्याम्पस प्रमुख डिभी रेश्मीले प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको अवस्था, नतिजा र आगामी कार्ययोजना लगायतको बारेमा बताउनु भएको थियो ।

यस्तै कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष वाबुराम अर्याल, वडा सदस्य तथा कार्यपालिका सदस्य सारदा परियार, वाणगंगा मावि विद्यालय व्यवस्थापन समितिका अध्क्षय हुमनाथ पौलेल, सामुदायिक वनको तर्फबाट डिल्लीराज रेग्मी, वाणगंगा क्याम्पसका प्राध्यापक संघका अध्यक्ष यादव पौडेल लगायतले बोल्दै गुणस्तरीय शिक्षाका लागी शिक्षक अभिभावक, विद्यार्थीको त्रिकोणात्म सम्वन्धको भुमिकामा महत्वपुर्ण रहने बताउदै गुणस्तरीय शिक्षा प्राप्तमा ठुलो मद्धत रहने बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हिमलाल पौडेलको अध्यक्षता , सहायक क्याम्पस प्रमुख कुलराज पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्णप्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा वडासदस्यहरु, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि, बुद्धिजिवि, शिक्षक कर्मचारीको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २८ असार २०८० बिहिबार ००:००  ८ : १६ बजे