दाङ ।
रोल्पाको रुन्टिगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु भएको छ ।
मंगलवार एक्कासी विरामी भएका वडाध्यक्ष पुनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार मुत्यु भएको हो ।
स्क्रब टाइफसका कारण बिरामी भएको र उपचार क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए ।
मंसिर २५ गते सामान्य ज्वरो आएपछि वडाध्यक्ष पुन उपचारका लागि दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए । त्यसपछि सामान्य उपचारपछि फर्किएका पुनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंसिर २६ गते पुनः प्रतिष्ठानमा भर्ना भएका थिए । सोक्रममा आज बिहान भेन्टीलेटरमा उपचारकाक्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
यता, पुनको परिवारले उपचार लापरवाही भएको भन्दै शव बुझ्न मानेको छैन । अहिले प्रष्तिठान र मृतक पुनका परिवारबीच छलफल चलिरहेको छ । पुन गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया