८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अर्थतन्त्र अप्ठ्यारोमाः २४ वर्षपछिकै सबैभन्दा कम राजस्व संकलन



काठमाडौं ।
२४ वर्ष पछि चालू आर्थिक वर्षमा लक्ष्य गरेको राजस्वमा सबैभन्दा कम संकलन हुने भएको छ । राजस्व संकलन कम हुँदा अर्थतन्त्र अप्ठ्यारोमा पर्ने भएकोले अर्थ मन्त्रालयले यो वर्ष निर्मम भएर बजेट खर्च घटाएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षाको प्रतिवेदन संसदमा पेश गरेपछि अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अहिलेसम्मकै बढी खर्च कटौती पनि सरकारको आम्दानीको स्रोत घटेकै कारण भएको बताए ।

चालू आवको पहिलो ६ महिनामा ४ खर्ब ९० अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

यो राजस्व संकलन गत वर्षको यही अवधिको तुलनामा १५ प्रतिशत कम हो ।

उनले पुँजीगत खर्च बढाउन कानुन नै संशोधन गर्ने पनि बताए । पौडेलले यो वर्ष २ खर्ब ४४ अर्ब बजेट घटाएको हुँदा बाँकी ६ महिनामा हुने खर्च बढाएर नर्मल अवस्थामा ल्याउनुपर्ने चुनौती रहेको भन्दै सरकारले कानून संशोधन गरेर गर्न खर्च सहजता गर्ने पनि बताए ।

पौडेलले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटलाई २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान आइतबार सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९ सोमबार ००:००  ६ : ३० बजे