८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘एटिएम’ सेवा सुरु गर्ने सिनर्जी कपिलवस्तुको पहिलो सहकारी



मायादेवी अनलाइन, बाणगंगा ।
शेयर सदस्यका हिसाबले कपिलवस्तुको सबैभन्दा ठूलो सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवाको शुभारम्भ गरेको छ ।

सिनर्जीले सुरुवात गरेको एटिएम सेवा सहकारीको क्षेत्रमा जिल्लामै पहिलो हो ।

बाणगंगाको चारनम्बरमा प्रधान कार्यालय रहेको सिनर्जीमा करिब १० हजार शेयर सदस्य छन् ।

बाणगंगाका सबै वडामा यो सहकारीको पहुँच देखिन्छ । दुई बर्ष अगाडी आधा दर्जन सहकारी मिलेर सिनर्जी बचत तथा ऋण सहकारी बहुउद्देश्यीय सहकारी बनेको हो ।

बाणगंगा बाहेक छिमेकी पालिकामा समेत सेवा विस्तारको तयारीमा सिनर्जीे लागेको सहकारीका अध्यक्ष लक्ष्मण बेल्वासेले बताए ।

आर्थिक बर्ष ०७८/०७९ को रिर्पोट हेर्दा सहकारीले ७४ करोड ५३ लाख बराबरको ऋण लगानी गरेको छ ।

यही आवमा ४३ करोड ७६ हजार बराबरको निक्षेप संकलन गर्न सफल भएको सिनर्जीको१७ करोड २८ लाख ६० हजार बराबरको शेयर पुँजी देखिन्छ ।

सहकारीमा कारोबार गर्नेको संख्यामा बृद्धि भएपछि एटिएम सेवाको शुभारम्भ गरिएको अध्यक्ष बेल्वासेले बताए ।

‘सेवाग्राहीको आवश्यकता र सहकारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एटिएम सेवा शुभारम्भ गरेका छौं उनले भने’, ‘अब पैसा झिक्न कार्यालयमै पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ ।’

प्रकाशित मिति : २७ पुस २०७९ बुधबार ००:००  ६ : ४० बजे