८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिवराजका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागी दुई दिने तालिम



दिपक खड्का, शिवराज ।

कपिलवस्तुको शिवराज नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम संचालन गरिएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

तालिममा जनप्रतिनिधिहरुलाई वडा अध्यक्षहरुको काम कर्तव्य अधिकार र वडा अध्यक्षले कानुनले दिएको ३६ वटाहरु सिफारिस बारे जानकारी गराईएको छ । सामजिक सुरक्षा तथा पञ्जीकरण उप शाखा अन्तर्गत कस्ता कस्ता विषयको घटना दर्ता कसरी गर्ने बारे बिषयमा समेत छलफल गरिएको थियो ।

तालिमको औपचारीक शत्रमा शिवराज नगरपालिकाका मेयर अजय थापाले शिवराज नगरपालिकालाई हरेका कार्यमा अगाडी बढाउदै स्माट नगर बनाउने बताए । थापाले यहि शैक्षिक शत्र देखि माध्यमिक तहलाई शिवराज नगरपालिकाले निशुल्क गर्ने गरि काम अगाडी बढाएको बताए ।

नगरपालिकाले वडा न.३ मा पृथ्वी नारायण शाहको शालिक निर्माणको काम संगै धान खोला देखि विद्यालय पढ्न आउने बालबालिकालाई समेत अध्यनमा सजिलोका लागि यातायात इन्धन दिने निर्णय भएको बताए ।

मेयर थापाले यस तालिम पश्चात जनप्रतिनिधि र कर्मचारीहरुलाई काममा सहजता हुने बताए । कार्यक्रममा उपमेयर शिव कुमारी थारुले सबै जनभावना अनुसार काम गर्नु पर्ने बताइन् । थारुले नगरपालिकाले धैरे कानुन बनाइ सकेको र केहि कानुनहरु बनाउने चरणमा रहेको बताइन् । कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले स्थानिय सरकारले सु-शासन,विकाश सुशासन र स्थानिय सरकारको मौलिक अधिकार भएकोले तत्काल कार्यपालिकाको बैठकले निर्णय गरि काम गर्न सक्ने र स्थानिय सरकारमा प्रतिनिधि सभा र प्रदेश सभा जस्तो पक्ष र विपक्षको परिकल्पना नगरिएको बताए ।

क्षमता अभिवृद्धि तालिमको सहजीकरण संविधान विद्ध काशीराज दहालले गरेका थिए भने कार्यक्रमको संचालन प्रेम सागर ओलीले गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७९ शनिबार ००:००  ६ : ५८ बजे