८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नाइजेरियामा हैजाको प्रकोपः कम्तीमा २० जनाको ज्यान गयो



एजेन्सी ।

नाइजेरियामा हैजाको प्रकोप फैलिएको छ । पछिल्लो महिना फैलिएको हैजाका कारण सयौँ नागरिक उपचारका लागि अस्पताल भर्ना भएका र कम्तीमा २० जनाको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

बिरामीको विशेषज्ञ सेवासहित उपचार भइरहेको छ । दक्षिणी क्रस रिभर राज्यका १० वटा गाउँमा हैजाको प्रकोप बढी फैलिएको छ । सरकारले हैजा प्रभावित क्षेत्रमा सफा पानी र सरसफाइका कामलाई तीव्रता दिएको छ ।

के कारणले हैजाको प्रकोप फैलियो भन्ने बारेमा अनुसन्धान थालिएको नाइजेरियाको सरकारले जनाएको छ । नाइजेरियामा खानेपानी, सरसफाइ तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९ मंगलबार ००:००  ७ : ४५ बजे