काठमाण्डौ ।
पाँच पटकको विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियाले ब्राजिललाई चार–दुई गोलले हरायो ।
यसअघि निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा ब्राजिलका लागि नेयमारले गोल गरे । तर त्यो अग्रता धेरै बेर टिकेन । क्रोएसियाका लागि ब्रुनो पेटकोभिकले गोल गर्दै खेल एक–एकको बराबरीमा पुर्याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।
ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपको उपाधि जितेको थियो ।
प्रतिक्रिया