कपिलवस्तु।
नगरको भू-उपयोग तथा बर्गीकरण सिफारिस समितीले गरेको भुमीको वर्गीकरणलाई नेपाल सरकारको नापी विभागले स्वीकृत गरेपछि कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका जमिनको कित्ताकाट खुलेको छ ।
कपिलवस्तुमा सबैभन्दा पहिलो नगरपालिकाको रुपमा वाणगंगाले भू(उपयोगका लागी भूमीको वर्गीकरण गरेको हो । लामो समय देखि रोकिएको कित्ताकाट सुरु हुने भएपछि मालपोत र नापीको काम समेत सुचारु हुने भएको छ । वाणगंगाले कपिलवस्तुमा सबैभन्दा पहिला यो काम कसरी सम्पन्न गर्यो त ? भन्ने प्रश्नमा वाणगंगाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले भन्नु भयो वडागत रुपमा छलफल हरेक वडामा जग्गालाई १० तहमा बर्गिकरण गर्दै नापी विभागमा पठाएर स्वीकृत गराउने काम भएको वताउनुभयो ।
भुमिको बर्गिकरण गरी स्थानिय सरकारले नेपाल सरकारको नापी बिभागमा पठाएपछि सही बर्गीकरण भएको पाइएमा स्वीकृत हुने प्रावधान अनुसार विभाग बाट स्वीकृत भएको हो । यो संगै यहाँका नागरीकले घरजग्गा खरीद बिक्री र नामसारी गर्न नपाएर परेको समस्या समाधान भएको बताउनुहुन्छ वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल ।उहाले चुनावको ब्यस्त समयमा पनि यो कामलाई उच्च प्राथमिकता दिएर गरिएकाले सफलता मिलेको वताउनु भयो । यता वाणगंगा नगरपालिकाले गरेको कामले मालपोत र नापी कार्यलयमा कित्ताकाट हुने काम शुरु भयो त भन्ने प्रश्नमा जिल्ला मालपोत अधिकृत ऋषिराम पौडेलले अव कित्ताकाट खुलेको वताउनु भयो । उहाले वाणगंगाका वडाले बर्गिकरण खुलाएर गर्ने सिफारिसका आधारमा कित्ताकाट हुने वताउनु भयो ।यसबाट वाणगंगा नगरपालिकाका नागरीकले प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् ।
प्रतिक्रिया