८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सचेतनामुलक र्याली



रिता खनाल, जितपुर ।

बाणगगां नगरपालिका ८ मा लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि सचेतनामुलक र्याली निकालिएको छ । शुक्रबार विभिन्न सचेतनामूलक ब्यानर सहितको र्याली निकालिएको हो । नेपालीहरुको महान पर्व दिपावलिमा लागुपदार्थको दुरपयोग नहोस भन्नका लागि सचेतना स्वरुप सो र्याली निकालएिको अध्यक्ष ऋषि पाण्डेले बताउनुभएको छ ।

कार्यक्रममा वडा अध्यक्ष बाबुराम अर्याल सहित, वडा सदस्य, स्थानीय लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग, वाणगंगा नगरपालिकाको समन्वय र सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९ शनिबार ००:००  ४ : ०१ बजे