८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सर्वसाधारण भन्छन् : पन्थी समृद्धि र विकासका सारथी हुन्



मायादेवी अनलाइन, वाणगंगा ।

नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थीलाई सर्वसाधारण जनताले समृद्धि र विकासको सारथी भएको बताएका छन् । निर्वाचन क्षेत्रमा सर्वसाधारणले विकासको खाका लिएर जनताको घरदैलोमा जतिवेला पनि पुग्ने पन्थीलाई विकास र समृद्धिको सारथीकोे रुपमा अनुभूति गरेको बताएका छन् ।

टोलटोलमा मतदाताको सुझाव र शुभेच्छा ग्रहण गर्न पुगेका पन्थीलाई विकास र जनताको जीवन स्तर माथी उठाउने विषयमा मात्र चासो र चिन्ता भएको नेताको रुपमा परिचित भएको कमला खत्रीले बताइन् ।

जनजीविकाको सवाल र विकासको खाका साकार पारेर यसक्षेत्रको समृद्धिमा पन्थीको भूमिका र नेतृत्व आवश्यकता रहेको पुराना वामपन्थी नेता नित्यानन्द ज्ञवाली प्रष्ट पारे । ८१ वर्षका वामपन्थी नेता ज्ञवालीले पन्थीलाई यो प्रदेशकै विकासको खाका सहितको दृष्टिकोण तयार गर्ने नेता भएकाले अझ एक पटक जितेर युवा पुस्ताको सपना र समृद्धि साकार बनाउने शुभेच्छा प्रकट गरेका छन् ।

कोभिडका कारण महत्वपूर्ण योजनाहरु प्रभावित भएकाले अव ती योजनाहरु पुरा गर्न पन्थी जस्ता जनप्रतिनिधी खाँचो रहेको ज्ञवालीले बताए । शुक्रबार वडा नम्बर १ का मतदाता तथा कार्यकर्तासंग भेटघाटका क्रममा आगामी योजनाहरुको बारेमा प्रदेश उम्मेदवार विष्णु पन्थीले प्रष्ट पारेका थिए ।

एमाले बाणगंगा नगरपालिका वडा नं. १ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पन्थीले नागरिकले बर्षौदेखि खेप्दै आईरहेको समस्या समाधान गर्नका लागि मृगौला डायलासिस केन्द्रको अगुवाई गरेकाले अब छिटै सेवा सुरु हुने बताएका थिए ।

यसअघि नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार हुंदा आफ्नो पहलबाट भएका विभिन्न विकासका योजनाहरुको बारेमा अगुवा कार्यकर्ताहरुलाई जानकारी समेत गराएका थिए । उनले एमालेको एक घर एक धारा अभियानलाई पुरा गरि सबै नागरिकलाई खानेपानीको पहुंचमा लैजान अगुवाइ गर्ने बताए ।

त्यस्तै निकट भविष्यमा पानीको मुहान सुक्दै जाने भएकाले अर्घाखाँचीको दोमिल्लामा पानीको भण्डारण गरि खानेपानी र सिंचाईको प्रबन्ध मिलाई कृषि क्षेत्रको समेत विकासमा जोड दिने बताएका छन् ।

पन्थीले चारनम्बर जितपुर देखि उप्टहवा सडकखण्ड र वैरीया पिपरा हुंदै सिमलपानी जोड्ने लगायत दर्जनौ स्थानीय सडकखण्डहरुको स्तरोन्नति आफ्नै पहलमा भएको बताए । पन्थीले सिद्धार्थ क्याम्पस, वाल मावि लगायत अन्य माध्यमिक विद्यालयहरुमा आफ्नै पहलमा प्रदेश सरकारको बजेटबाट भवन निर्माण तथा शैक्षिक सामग्री उपलब्ध गराएकाले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा ध्यान दिने बताए ।

त्यस्तै यस क्षेत्रका पर्यटकीय स्थलहरु नन्दनगर कैलाश आश्रम, राजापानी, कपिलधाम लगायतका स्थलहरुमा निरन्तर बजेट उपलब्ध गराएको समेत बताए । प्रदेश सांसदका उम्मेद्वार पन्थीले जगदिशपुर ताल र बुद्धसंग जोडिएका स्थलहरुको विकास र प्रवद्र्धन गरि पर्यटकीय क्षेत्रसंगै आर्थिक समृद्धि उन्मुख हुने बताएका थिए ।

आफनो निर्वाचन क्षेत्रमा पन्थीले गौरवमा महत्वपूर्ण पूर्वाधार सडक, पुल पुलेसा, धार्मिक क्षेत्रहरुको सुन्दरीकरण, विद्यालय पूर्वाधार, खानेपानी, स्वास्थ्य, कृषि क्षेत्रमा अगुवाई गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९ शनिबार ००:००  ७ : ५२ बजे