बुटवल ।
नेकपा माओवादी केन्द्र बुटवल नगर कमिटी सदस्य विष्णु सिंह ठकुरी सहित दुइ जना नेकपा एमाले प्रवेश गरेका छन् ।
मंगलवार एक विज्ञप्ति जारी गर्दै नगर सदस्य सिंह र बुटवल २ का वडा कमिटी सचिव इतेन्द्र कुमार बज्राचार्यले लामो समयदेखि श्रमजिवी सर्वहारा वर्गको मुक्ति, आर्थिक समृद्धि र रुपान्तरणका लागि बाम आन्दोलनको एउटा धार नेकपा (माओवादी केन्द्र) मा आवद्ध रहेकोमा उक्त पार्टीले लिएका लक्ष्य र उद्देश्य पुरा गर्न नसक्ने ठहर गरी माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् ।
पछिल्ला दिनमा माओवादी केन्द्रले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी शक्तिहरुसँग साँठगाठ गर्दै सिंगो कम्युनिष्ट आन्दोलनकै विर्सजन गर्ने खलनायकको भुमिका निर्वाह गरेका कारण उक्त पार्टीमा रहिरहन आफ्नो स्वाभिमानले नदिएको उनीहरुले बताएका छन् । साथै विज्ञप्तिमा मुलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा कवच नेकपा (एमाले) मात्र रहेको ठहर गर्दै नेकपा (एमाले) मा प्रवेश गर्ने निर्णय गरेको उल्लेख छ ।
प्रतिक्रिया