८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पाण्डे एमालेमै फर्किए, प्रदेश सभाको उम्मेद्वारी फिर्ता



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुबाट प्रदेश सभा सदस्यमा हाम्रो नेपाल पार्टीबाट उम्मेद्वारी दिएका सुवास पाण्डेले आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीमा असन्तुष्ट भई हाम्रो नेपाल पार्टीको लौरो अभियानबाट कपिलवस्तुको क्षेत्र नम्बर १ प्रदेश सभा १ मा उम्मेदवारी दिएका थिए ।नेकपा (एमाले) बाणगंगा नगर कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सचिवालय सदस्य समेत रहेका पाण्डे पुन एमालेमै फर्किएका हुन् ।

उनी युवा माँझ लोकप्रिय छन् । उनले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्र र जनताको हितमा नेकपा (एमाले) को विकल्प नरहेकाले उम्मेद्वारी फिर्ता लिई पुनः एमालेमै फर्किएको घोषणा गरेका हुन् । पाण्डेले नेकपा (एमाले)का संघीय उम्मेदवार बलराम अधिकारी र प्रदेश तर्फ १ का उम्मेद्वार विष्णु पन्थी र २ का मधुसुधन शरण चौधरीलाई जिताउन आफु लागिपर्ने बताए ।
कपिलवस्तुको क्षेत्र नम्बर १ का आम मतदाताहरुलाई सुर्य चिन्हमा मतदान गरि बहुमतका साथ संघिय र प्रदेशमा सरकार निर्माण्का लागि सहयोग गर्न समेत आग्रह गरेका छन् । साथै पाण्डेका समर्थक असिम भट्राई, हेमन्त क्षेत्री, मुक्ति बहादुर शाहि लगायत सबै युवा समर्थक एमालेमा प्रवेश गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेकपा (एमाले) जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु, पार्टी जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. १ सह संयोजक विश्व कार्की, प्रदेश १ (१) संयोजक भेषराज पाण्डे, सह संयोजक शंकर पाण्डे, जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे, बाणगंगा नगर कमिटी सदस्य मनोज कुमार खत्री लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७९ मंगलबार ००:००  १२ : ५१ बजे