८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जीवलाल पौडेलको चुनावी अभियान सुरु



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले चुनावी अभियानको शुभारम्भ गरेको छ । बाम–लोकतान्त्रिक गठबन्धन भित्र मैत्रीपूर्ण प्रतिस्पर्धा गरेको कपिलवस्तु–३ को प्रदेशसभा ‘क’मा एकीकृत समाजवादीले चुनावी अभियानको थालनी गरेको हो ।

आइतबार चन्द्रौटामा आयोजित अगुवा कार्यकर्ताको भेलाबाट लंक बहादुर हमाल संयोजक रहेको २ सय १ सदस्यिय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

जसको सह–संयोजकमा सरोज पौडेल, इन्तेखाव अहमद खान रहेका छन् ।

भेलाबाट घोषणा पत्र निर्माण समिति, आर्थिक परिचालन समिति, प्रचार प्रसार समिति, युवा परिचालन समिति, महिला, बिद्यार्थी लगायत १५ वटा उप समितिहरु र १६ वडामा वडा संयोजक र सहसंयोजक बनाएर चुनावी अभियानको थालनी गरिएको नेता सरोज पौडेलले बताए ।

यस्तै भेलामा शिबराज नगरपालिका-१ बाट नारायण रानाको नेतृत्वमा ५० जना युवाहरु एकीकृत समाजवादीमा प्रबेश गरेको एकीकृत समाजवादीका नेता पौडेलले बताए ।

भेललाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासीले एमाले प्रतिगमनकारी, दक्षिणपन्थी, अवसरवादी पार्टी भएकाले यसको पराजय मंसिर ४ गते देखिने बताउनुभएको छ ।

एमालेले देश, जनता र संविधानलाई धोका दिएको भन्दै आगामी निर्वाचनमा जनताले यसको जवाफ दिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भेलालाई पार्टी केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्री, मीना परियार, केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, जिल्ला सचिवालय सदस्यहरु तुल्सीराम छिपि, इन्तेखाव अहमद खान लगायतले सम्बोधन गरेका थिए ।

भेलालमा प्रदेशसभाका उम्मेदवार जीवलाल पौडेलले आसन्न चुनावमा मतदान गरी जिताउन आग्रह गरेका थिए । यस क्षेत्रमा कलम चुनाव चिह्नबाट आफू उम्मेदवार बनेको भन्दै सर्वहारा, श्रवजिवी वर्ग, युवा, महिना, किसानका समस्या समाधान गर्ने गरी मतदाता सामु आउने उनले बताए ।

यस क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारलाई विशेष प्राथमिकता दिदै आगाडी बढ्ने उम्मेदवार पौडेलले प्रतिबद्वता जाहेर गरेका थिए ।

कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार नुर फातिमा र आरती धोवीको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७९ मंगलबार ००:००  ८ : १३ बजे