बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने बताएका छन् । प्रदेशले प्रहरी ऐन बनाइसकेकाले अबको केही समेयमै प्रदेश प्रहरीको संरचना तयार गर्ने उनले बताएका हुन् ।
६७ औं प्रहरी दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले संघीय अवस्थामा संघ र प्रदेशमा नेपाल प्रहरीको संगठन निर्माण गरी शान्ति र अमनचयन कायम गर्ने जनाए ।
मुख्यमन्त्री केसीले नेपाल प्रहरीले नागरिकको सुरक्षामा कर्तव्यनिष्ठ भई अगाडि बढ्न, जनताको सेवा र अपराध अनुसन्धानमा खटेर लाग्न आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया