काठमाण्डौ ।
आईसीसी टी–२० विश्व कप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराएको छ । होबार्टमा भएको खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो ।
स्कटल्यान्डले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८ ओभर ३ बलमा एक सय १८ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३८ र केल मेयर्सले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले तीन तथा मार्क ह्वेल र स्याफान सरिफले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६० रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्सेले नटआउट ६६ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अलजारी जोसेफ र जेसन होल्डरले दुई–दुई विकेट लिए ।
यो जितसँगै स्कटल्यान्डले तालिकामा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । समूह बी मा यी दुई टीमसहित आयरल्यान्ड र जिम्बावे रहेका छन् ।
प्रतिक्रिया