कपिलवस्तु ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गिरधारीलाल न्यौपानेले सत्तामा जाउ, मिलीजुली खाउँ भन्ने गठबन्धन सरकारलाई जनस्तरबाटै असफल गर्ने काम भएको बताउनु भएको छ ।
जनताले अब कुन पाटीलाई भोट दिने भन्ने कुरा वुझ्न थालेको र जनताको लोकप्रिय पाटी एमाले भएको नेता न्यौपानेले जिकिर गर्नुभयो । नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कार्यसमिति कपिलवस्तुले आइतवार ४ नम्बरमा राखेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता न्यौपानेले यस्तो बताउनु भएको हो । कार्यक्रममा नेकपा एमालेका लेखा आयोगका उपाध्यक्ष एवं क्षेत्र नं १ को १ का प्रदेश सभाका उमेदवार विष्णु पन्थीले उद्योग व्यवसाय फस्टाउन मुलुकको राजनिति स्थिर हुन आवश्यक भएको बताउनु भएको छ । युवा नेता पन्थीले राष्टिय पूजीको विकासले मात्र देशले आर्थिक समृद्धि हासिल हुने बताउनुभयो ।
राष्ट्रको निकासका लागि एमालेलाई भारी मतले जनताले जिताउनु अहिलेको आवश्यकता रहेको उहाँले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले गत स्थानीय तहको निर्वाचनमा एमालेको मत बढेकोले जनता एमालेको पक्षमा रहेको प्रमाण भएको बताउनुभयो । ३ वर्षको समयमा नेकपा एमाले नेतृृत्वको सरकारले गरेका महत्वपुर्ण काम जनस्तरमा लैजानु पर्ने समेत उहाँले धारणा राख्नु भयो । कार्यक्रममा संघका केन्द्रिय सचिव बालाराम भट्टराईले अब जनता सचेत भई एक भोट पनि खेर जान नदिई एमालेलाई अत्यधिक मतले विजय गराउ आग्रह गर्नुभयो । देशमा अर्थतन्त्र धरासायी भएको अवस्था, व्यवसायहरु टाट पल्टेको परिस्थिती रहेको जनाउदै आउदो मंशिर ४ गते एमालेलाई जिताउनुको बिकल्प नरहेको उहाँले औल्याउनु भयो ।
संघका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, उपाध्यक्ष कृष्ण गैरेको स्वागत एवं सचिव कुशल पौडेलको सञ्चालनमा भएको वैठक तथा शुभकामना आदान प्रदान कार्यक्रममा निर्वाचन केन्द्रीत विभिन्न जिम्मेवारी प्रदान गरेको संघका नेता उमानाथ पौडेलले बताउनुभयो ।
३१ आश्विन २०७९ सोमबार ००:००
36
Shares
प्रतिक्रिया