मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको सचिवमा कमल भट्टराईले जिम्मेवारी पाएका छन् ।
शनिबार बसेको १२ औं जिल्ला सचिवालय बैठकले भट्टराईलाई जिल्ला सचिवको जिम्मेवारी दिएको हो ।
भट्टराई यसभन्दा अगाडी जिल्ला उप सचिव रहेका थिए ।
अनेरास्ववियूको राजनीतिबाट उदाएका भट्टराई सिद्धार्थ क्याम्पसका पूर्व स्ववियू सभापति समेत हुन् ।
बौद्धिक युवा नेताको रुपमा परिचित भट्टराई गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीबाट बाणगंगा नगरपालिकाको उप-प्रमुखको उम्मेदवार समेत बनेका थिए ।
प्रतिक्रिया