मायादेवी अनलाइन, बाणगंगा ।
गठबन्धन दलबाट कपिलवस्तु क्षेत्र नम्बर १ (क) को नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले जनताका साझा समस्या समाधान गर्न आफू गम्भिरता पूर्वक लाग्ने बताएका छन् ।
कृषि, शिक्षा, स्वास्थ्य, लागु पदार्थ दुव्यर्सनी, छाडा पशुचौपाया व्यवस्थापनका क्षेत्रमा देखिएका मुख्य समस्याहरुलाई समाधान गर्न आफू गम्भिरता पूर्वक लाग्ने घिमिरेले बताए ।
शुक्रबार चारनम्बरमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।
घिमिरे आफूले विशुद्ध समाजसेवा र कपिलवस्तु क्षेत्र नं. १ (क) को समग्र विकासको नेतृत्व गर्न प्रदेश सांसदमा उम्मेद्वारी दिएको बताए ।
उनले ‘अहिले हामी चुनावी मैदानमा उत्रिसकेका छौ,’ उनले भने, ‘म मुख्यः कृषि, शिक्षा, स्वास्थ्य, लागु पदार्थ दुव्यर्सनी, छाडा पशुचौपाया व्यवस्थापनका क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गम्भिर भएर लाग्ने छु ।’
उनले प्रतिगामी शक्तिलाई परास्त गर्न बाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए । ‘हामीले ठूलो त्याग र बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा गर्न, केपी ओलीको घमण्ड, अहंकार तोड्न बाम लोकतान्त्रिक गठबन्धन आवश्यक छ ।,’ उनले भने, ‘केपी ओलीका प्रतिगामी कदमलाई परास्त गर्न पनि बाम लोकतान्त्रिक गठबन्धन आवश्यक छ ।’
‘समृद्धि र विकासका लागि मैले राजनीति रोजेको हुँ, यो भन्दा पर मेरो अर्को कुनै लक्ष्य छैन ।,’ उनले भने, ‘भ्रष्टाचार गर्दिन । राजनीतिलाई व्यवसाय बनाउनु छैन ।’
उनले कपिलवस्तुका सम्पुर्ण निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले विजयी गराउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया