८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जनता र विकासलाई केन्द्रमा राखेर काम गरिरहेको छु : उम्मेदवार विष्णु पन्थी



मायादेवी अनलाइन वाणगंगा ।
कपिलवस्तु प्रतिनिधी सभा १ प्रदेश सभा (१) का उम्मेदवार विष्णु पन्थीले यस क्षेत्रको समग्र विकास निर्माणलाई अघि बढाउन र जनताको जीवनस्तरलाई माथि उठाउन नेकपा एमालेको उम्मेदवारी भएको बताउनुभएको छ । उहाँले विकास निर्माण भन्ने वित्तिकै यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रमा गर्ने कामहरु पहिलो प्राथमिकता आफूले राखेको बताउनुभयो ।

यस क्षेत्रबाट विगतमा निर्वाचित हुँदा ५ वर्षमा यसक्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानीको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताउनुभयो । उहाँले अझै पनि यसक्षेत्रका जनजीविकाका सवाल र बाँकी रहेका भौतिक पूर्वाधारका योजना, शिक्षा, स्वास्थ्य कृषि क्षेत्रका योजना पुरा गर्न र विकासको निरन्तरताका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

यस क्षेत्रका जनजीविकाका सवालहरु धेरै रहेका छन्, यीनै काममा आफुले निरन्तर समय विताइरहेको पन्थीले भन्नुभयो । स्थानीय सरकार, प्रदेश सरकार र विगतमा संघमा निर्वाचित जनप्रतिनिधीले गरेका विकास निर्माणका पहलहरु खुला किताव झै छन्, पन्थीले भन्नुभयो, त्यो सवैलाई थाहा नै छ ।

पन्थीले आफुले जनताको जनजीविकाका सवालमा गरेका कामहरु र यस क्षेत्रको विकास निर्माणमा भएका पहलहरु खुला किताको रुपमा आम जनताले महसुस गर्ने गरी काम भएका छन् । ती सवै कामका विवरणहरु खुला किताव हुन् ।

यहाँका जनताले विकास चाहेका छन्, जनजीविका समस्या समाधान गर्न चाहेछन् त्यसका लागि एमालेका जनप्रतिनिधिलाई जिताउनुपर्नेछ पन्थीले भन्नुभयो । तराईको सुगम जिल्ला भएरपनि पछाडी परेको कपिलवस्तु जिल्लाको लागि एमालेले पराम्परागत ढंगबाट होइनकी दु्रत विकासको आवश्यकता अनुरुप काम गर्ने बताउनुभयो । इमान्दार जनप्रतिनिधिको भूमिका रहेर काम गर्दछौं, उम्मेदवार पन्थीले भन्नुभयो जनता प्रति विश्वास गुम्न दिनेछौंनौ तपाईको मत हामीलाई चाहिएको छ । आफूले यहाँका जनता र विकासलाई केन्द्रमा राखेर काम गर्दछौं ।

अर्को एक प्रसंगमा एमालेको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारले थुप्रै कामहरु गरेको बताउनुभयो । त्यति वेलाको सरकारले ३ वटा बजेट र कार्यक्रम ल्याएकोमा २ वर्षको कोरोना बजेट र कार्यक्रम ल्याएको थियो । लुम्बिनी प्रदेश सरकारले कोरोना कालमा पनि जनताको आधारभूत आवश्यकता, विकास निर्माण, भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो ।

एमाले सरकार विघटन पछिका २ वटा बजेट र कार्यक्रम गठबन्धनले ल्याएको छ, कसले कति काम गरयो त्यो सवै प्रष्ट छ, उहाँले भन्नुभयो । उक्त विचार नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर १ को चुनावी प्रचार कार्यालय उद्घाटनका क्रममा राख्नु भएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९ शनिबार ००:००  ७ : ५२ बजे