८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सडक र पुल निर्माणको कामले तिव्रता लिन्छ : वृजेश कुमार गुप्ता



मायादेवी अनलाइन, महाराजगन्ज ।
नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ताले आफ्नो क्षेत्रमा सिँचाईको लागि बजेट व्यवस्था गरे पनि पालिकाले टेन्डर नगर्दा बजेट फ्रिज भएको बताउनुभएको छ ।

महाराजगन्ज नगरपालिकामा निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै उहाँले महाराजगन्ज नगरपालिकाले टेन्डर नगर्दा किसान मर्कामा परेको बताउनुभयो । महाराजगन्जको तेनुवामा सिँचाईको लागि १ करोड रुपैया बजेट पारे पनि महाराजगन्ज नगरपालिकाले टेन्डर नगर्दा बजेट फ्रीज भएको बताउनु भयो ।

उहाँले गएको वर्ष पनि तेनुवा बाँधको लागि ६५ लाख रुपैया टेण्डर नगर्दा फ्रिज भएको बताउनु भयो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमालेको सरकार अपिरहार्य भएकाले सुर्य चिन्हमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । जनतालाई सिँचाईको लागि बुद्धभूमिको हरिहरपुर तालमा समेत ५० लाख बजेट ल्याएपनि नगरपालिकाले काम नगरेको बताउनुभयो । उहाँले सिँचाईको लागि २ वर्ष अगाडी नौमुरे सिँचाई आयोजनाको कार्यालय खोले पनि अहिलेको सरकारले काम नगरेको बताउनु भयो ।

उहाँले महाराजगन्ज नगरपालिकाको हर्दौनामा पुल बनाउनको लागि टेन्डर भएको बताउनुभयो । विपक्षीले पुल बन्दैन भनेर हल्ला फिजाएको बताउँदै आफनै पहलमा पुल निर्माणको काम अगाडी बढेको बताउनु भयो । उहाँले चुनाव पछि हर्दैना पुलको काम सुरु हुने समेत बताउनु भयो । मैले ठुला कामको लागि मन्त्रालय गएर पहल गर्ने गरेको हुँदा डुमरा महाराजगन्ज हर्दौना सडक कालोपत्रेको काम भएको बताउनु भयो । दुई दशक अगाडी बनेको जिर्ण सडक यसै वर्ष निर्माण सम्पन्न हुने दाबी गर्नु भयो ।

उहाँले तकिहावा देखि शान्तीपुर सडकको योजना पारे पनि एमालेको सरकार ढलेपछि योजना अलपत्र परेको बताउनु भयो । एमाले सरकार ढलेपछि २ वर्ष गठवन्धन सरकारले त्यो योजनामा चासो नदिएको बताउनुभयो । उहाँले पडेरीयामा लिफ्ट सिचाई योजना, बरइपुर, सोनवर्षामा लिफ्ट सिँचाई योजनाको काम भएको बताउनु भयो । हर्दौना र बुद्धभूमिमा कृषि स्मार्ट गाउँ आफ्नो पहलमा भएको बताउनु भयो ।

प्रकाशित मिति : २८ आश्विन २०७९ शुक्रबार ००:००  ८ : ४९ बजे