मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को प्रगतिनगरमा कृषि तथा पर्यटन महोत्सवको शुभारम्भ भएको छ ।
विहीबार उद्घाटन भएको महोत्सव आगामी कार्तिक ६ गतेसम्म सन्चालन हुने महोत्सवका संयोजक तथा आयोजक संस्था प्रगतिशिल सेवा समाजका अध्यक्ष विश्वनाथ गुप्ताले बताए ।
महोत्सवको पूर्व कृषि मन्त्री तथा प्रतिनिधिसभा-१ का माओवादी उम्मेद्वार चक्रपाणी खनालले उद्घाटन गरेका थिए ।
प्रगतिशिल सेवा समाजको आयोजनामा भएको महोत्सवको संरक्षकमा शुद्धोधन गाउँपालिका रहेको छ भने व्यवस्थापक औद्योगिक शान्ति नेपाल संस्था छ ।
त्यस क्षेत्रको कृषि उपज सामग्रीको बजारिकरण, कृषि यान्त्रिकिकरणको प्रचारप्रसार र पर्यटनस्थलको प्रवर्धन गर्ने उद्धेश्यले सन्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक सन्दीप महतले बताए ।
१० सम्म चल्ने महोत्सवमा हजारौं दर्शनार्थीले अवलोकन गर्नुको साथै स्थानीय बजारको प्रवर्धन हुने अपेक्षा आयोजकले गरेको छ ।
महोत्सव उद्घाटनसस्त्रमा स्थानीयबासीले आफ्नो भेषभूषा अनुसारको झाँकी प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया