८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

३ सय ७६ जनाको उम्मेदवारी फिर्ता



काठमाडौँ ।

प्रतिनिधी र प्रदेशसभामा उम्मेदवारी दिएका ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिएका १ सय १९ र प्रदेशसभातर्फ २ सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभामा २ हजार ५ सय ३१ जनाले उम्मेदवारी दिएकामा फिर्तापछि अब २ हजार ४ सय १२ उम्मेदवार कायम भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । यसमा २ हजार १ सय ८७ पुरुष र २ सय २५ महिला छन् । त्यस्तै, प्रदेशमा अब ३ हजार २ सय २४ उम्मेदवार कायम भएका छन् । यसमध्ये पुरुष २ हजार ९ सय ४३, महिला २ सय ८० जना र तेस्रो लिंगी १ जना छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्नसमेत प्रदान गरेकाले बिहीबारदेखि उम्मेदवारले मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाउनेछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९ बिहिबार ००:००  ८ : ०९ बजे