८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा ३ जनाको उम्मेदवारी फिर्ता



मायादेवी अनलाइन, कपिलवस्तु ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा उम्मेदवारी दिएका कपिलवस्तुका तिन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन ।

उम्मेदवारी फिर्ता दिने आज अन्तिम दिन कपिलवस्तुमा तिन जनाको उम्मेदवारी फिर्ता भएको मुख्य निर्बाचन अधिकृत तेजनाथ प्रकाश अधिकारीले बताउनु भयो ।उम्मेदवार फिर्ता लिनेमा १ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार र २ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका छन् ।

बुधबार कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ (क) प्रदेश सभा सदस्यमा एमालेको तर्फबाट बागी उम्मेदवार दिनु भएको रुपेस कुमार श्रेष्ठ, कपिलवस्तु २ (ख) प्रदेश सभा सदस्य सतराज अहमल मुसलमान र कपिलवस्तु १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिमाल बुढाथोकीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

जिल्लामा सत्ता गठवन्धन भित्रका बागी उम्मेदवारी फिर्ता हुन सकेको छैन । सत्ता गठवन्धन दल नेकपा समाजवादीले प्रदेश सभा सदस्य पदमा १(ख) र ३(क) मा उम्मेदवार खडा गरेको छ । यसै गरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनका उम्मेदवार चक्रपाणी खनाल बिरुद्ध नेपाली काँग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । जसपा र एमाले विच सहमती भएका क्षेत्रमा समेत दुबै दलको उम्मेदवारी परेको छ । दुई दल बिचको सहमती अनुसार जसपाले निर्वाचन क्षेत्र नम्बर १(ख) र ३(ख) मा उम्मेदवारी दिने भए पनि एमालेका उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९ बुधबार ००:००  ४ : ५३ बजे