रुपन्देही ।
केही दिनअघि मात्र एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेता घनश्याम भुसाल निकटका ३१ जना नेता कार्यकर्ताले एमाले छोडेका छन् । दुई प्रदेश कमिटि सदस्यसहित रुपन्देहीका जिल्ला नेताहरुले एमाले परित्याग गरेका हुन् ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले बुधबार एमाले छोडेर भुसाललाई साथ दिने घोषणा गरेका हुन् । प्रदेश कमिटी शैलेन्द्र उपाध्याय, इन्द्रजितकुमार राय लगायतले नेकपा एमाले परित्याग गरी भुसाललाई सघाउन घोषणा गरेका हुन् ।
उनीहरुले भुसाल जस्तो बौद्धिक नेतालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा टिकट नदिएर अपमान गरेको टिप्पणी गरे । ओलीको तानाशाह प्रवृतिले गर्दा एमाले बिस्तारै कमजोर बन्दै गएको उनीहरुले बताए ।
एमालेमा व्यक्तिवाद हाबी भएको भन्दै क्षेत्र नं १ का ३१ जनाले एमालेबाट राजीनामा घोषणा गरेका हुन् ।
यस्तो छ एमाले छाडेकाहरुको नामावली
प्रतिक्रिया