८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आज तीन घन्टाभित्र उम्मेदवारी फिर्ता लिन सकिने



काठमाण्डौ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन पाउँछन्।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने बताएको छ। उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृत कार्यालयमा गएर निवेदन दिनुपर्नेछ।

उम्मेदवार आफैँ वा प्रतिनिधिमार्फत् उम्मेदवारी फिर्ता लिन पाउँछन्।सत्ता गठबन्धनले आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको छ। नेपाली कांग्रेसले तोकिएको समयभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए स्वतस् कारबाहीमा परेको मानिने बताएको छ।आयोगले आजै अपरान्ह उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ।आयोगले बिहीबार साँझ उम्मेदवारलाई निर्वाचन चिन्ह दिने तयारी पनि गरेको छ।

प्रतिनिधि सभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ।प्रदेशसभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेवारी परेको छ।

प्रकाशित मिति : २६ आश्विन २०७९ बुधबार ००:००  ७ : १६ बजे