८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

देशलाई निकास दिन गठबन्धनलाई भोट : जनमोर्चा कपिलवस्तु



मायादेवी अनलाइन, बाणगंगा ।

राष्ट्रिय जनमोर्चा कपिलवस्तु अध्यक्ष दधिराम आचार्यले राष्ट्रलाई प्रतिगमनबाट बचाउदै देशलाई निकास दिन गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) मा सोमबार बसेको गठबन्धनको बैठकमा बोल्दै उनले दुई तिहाइ मतलाई अपमान गर्दै देशलाई प्रतिगमन तर्फ एमालेले लैजाने प्रयास गरेका कारण यसका बिरुद्ध सबै एकैजुट भई गठबन्धनलाई जिताउन आवश्यक रहेको उनले बताए ।

आचार्य राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार तथा प्रदेश सदस्य समेत रहेका छन् ।कपिलवस्तुका ३ प्रतिनिधि सभा सदस्य र ६ प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई निस्वार्थ सहयोग गर्ने बताएका छन् ।

गठबन्धनमा नेपाली कांगेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहभागी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९ बुधबार ००:००  ६ : ०५ बजे