८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तु १ मा प्रतिनिधि र प्रदेश गरी तीन जना थारु नेताले दिए उम्मेदवारी



मायादेवी अनलाइन, बाणगङ्गा ।

कपिलवस्तुको प्रतिनिधि सभा १ र प्रदेश सभा (क) र (ख) मा थारु नेताहरुले मनोनयन दर्ता गरेका छन् ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा १ मा राममिलन थारुले मनोनयन दर्ता गराउनु भएको छ ।

यस्तै प्रदेश सभा (क) बाट भग्गु प्रसाद चौधरी थारुले मनोनयन दर्ता गराउनु भएको उक्त पार्टीले जनाएको छ ।प्रदेश सभा (ख) मा सुरेन्द्र प्रसाद थारु उम्मेदवार हुनु भएको छ ।

थारुहरुको बाहुुल्यता क्षेत्रमा कुनै पनि पार्टीले थारु उम्मेदवार उठाउन नसकेकाले आफूहरु उम्मेदवार बनेको उनीहरुले बताएका छन् ।उनीहरुले गोहु पिसो चकियामे, भोट दारो ढकियामेू नाराको साथ गाउँ गाउँ पुग्ने बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९ सोमबार ००:००  ७ : ११ बजे