८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एकीकृत समाजवादी लुम्बिनीले ४ जिल्लाका प्रदेश सभामा उम्मेदवार उठायो



मायादेवी अनलाइन, कपिलवस्तु ।

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी ले लुम्बिनीका ४ जिल्लामा प्रदेश सभा तर्फ उम्मेदवार उठाएको छ ।

गठबन्धनले सिङ्गो प्रदेशभर कुनै पनि स्थानमा टिकट नदिए पछि एकीकृत समाजवादी प्रदेशका पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची र बर्दियामा उम्मेदवार उठाएको हो ।

दुई प्रतिनिधि सभा रहेको नवलपरासीमा समाजवादीले प्रतिनिधि सभा १ को (क )मा टंक प्रसाद खनाललाई उम्मेदवार उठाएको छ । प्रतिनिधि सभा २ को (क) मा प्रकाश भट्टराई उम्मेदवार बनेका छन् ।

एक प्रतिनिधि सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा क मा राम बहादुर चौहान उम्मेदवार बनेका छन् । उनी समाजवादीका जिल्ला अध्यक्ष हुन् ।तीन प्रतिनिधि सभा रहेको कपिलवस्तुमा दुई जना उम्मेदवार उठेका छन् । प्रतिनिधि सभा १ को (ख) मा फैजल खान उम्मेदवार बनेका छन् भने प्रतिनिधि सभा ३ को (क) मा जीवलाल पौडेल चुनावमा उठेका छन् ।

दुई प्रतिनिधि सभा रहेको बर्दियामा चार जनालाई उम्मेदवार उठेको एकीकृत समाजवादी बर्दियाले जनाएको छ ।
समाजवादीले प्रतिनिधि सभा १ को (क) मा बखत बहादुर खड्कालाई उम्मेदवार बनाएको छ भने यहीँ प्रदेशको (ख )मा डिल बहादुर बिसी उम्मेदवार बनेका छन् ।

प्रतिनिधि सभा २ को (क) मा लक्ष्मीकान्त शर्मा उम्मेदवार बनेका छन् भने (ख) मा कमरेड हर्क बहादुर शाही उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धनले लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा तर्फ रुपन्देही १ मा राजु गुरुङ, पाल्पा २ मा सोम प्रसाद पाण्डे, दाङ १ मा मेटमणी चौधरी र गुल्मी २ मा रामकुमारी झाक्रीलाई उम्मेदवार बनाएको छ । अरु प्रतिनिधि सभामा समाजवादीले गठबन्धनमा उम्मेदवारलाई सघाउने छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९ सोमबार ००:००  ४ : ०८ बजे