अर्घाखाँची ।
सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफुहरूले जित्नुपर्ने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारको रक्षाको लागि आफुहरूले जित्नैपर्ने बताएका हुन् ।
कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदको उम्मेदवार पुष्पा भुसालले आफुहरू जितको नजिक रहेको भन्दै संविधान रक्षाको लागि पनि आफूहरूले जित्नैपर्ने दाबी गरिन् । कार्यक्रममा प्रदेश क का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश ख का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेसी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रबर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागी आफूहरुको उम्मेदवारी भएको उल्लेख गरेका थिए ।
प्रतिक्रिया