मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमालेबाट कपिलवस्तुको प्रदेश सभा सदस्य (१) १ तर्फ विष्णु पन्थीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा निवर्तमान प्रदेश सभा सदस्य पन्थीले पुन सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन गरेका हुन् । मनोनयन दर्ता गरेसंगै पत्रकारहरुसंग संक्षिप्त प्रतिकृया दिदै आफ्नो उम्मेदवारी विकास निर्माणका अधुरा काम, जनताका समस्या र प्रदेशका कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने रहेको बताए ।
विगत ५ वर्षको कार्यकालमा आफनो निर्वाचन क्षेत्रमा महत्वपूर्ण विकास निर्माणको योजना कार्यान्वयन गरेको पनि पन्थीले जानकारी दिए । “विगतमा मैले नजिकबाट सहयोग गरेका मित्र डोलकराम घिमिरेको उम्मेदवारी परेकाले मित्रवत स्वच्छ प्रतिस्पर्धा हुन्छ पन्थीले भने ।” नेपाली कांग्रेसबाट घिमिरे प्रतिस्पर्धी भएपनि यसलाई लोकतान्त्रिक प्रकृयाको रुपमा संज्ञा दिदै उनले भने– “लोकतन्त्रको सुन्दरता नै यही हो । हामी दुई बीच व्यक्तिगत रुपमा कुनै समस्या नभएकाले नजिकको मित्र भएकाले स्वस्थ ढंगले प्रतिस्पर्धा गर्न चाहन्छु ।”
आफूले कपिलवस्तु उद्योग वाणिज्य संघको संस्थागत विकास, व्यवसायीक हकहित र यसक्षेत्रको विकासमा निरन्तर खटिरहेकाले जनताको मत जित्नेमा आफु विश्वस्त भएको बताए । आफ्नो निर्वाचन क्षेत्र लगाएत कपिलवस्तुको विकास निर्माणको खाँका आफूसंग स्पष्ट भएकाले यहाँको आर्थिक सामाजिक रुपान्तरणमा आफुले महत्वपूर्ण जिम्मेवारी पुरा गर्न उम्मेदवारी दिएको बताए ।
प्रतिक्रिया