८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

आर्थिक खबर पत्रिका पुनः प्रकाशनमा



मायादेवी अनलाइन, बाणगंगा ।
कोरोना महामारीका कारण बन्द रहेको आर्थिक खबर पत्रिकाले आफ्नो प्रकाशन पुनः सुरु गरेको छ ।

०७५ सालमा कपिलवस्तुबाट प्रकाशन सुरु गरेको पत्रिकाले विश्वव्यापी कोरोना भाइरसको कारण आफ्नो प्रकाशन बन्द गरेको थियो ।

आर्थिक समृद्धिका लागि पत्रकारिताको मूल नारा बनाएर पत्रिकाले नयाँ व्यवस्थापनका साथ आफ्नो प्रकाशन सुरु गरेको हो ।

पाक्षिक रुपमा प्रकाशन हुने पत्रिकाले हरेक आर्थिक गतिविधि र विकास निर्माणका समाचारलाई प्राथमिकतामा राखेर समाचार पस्कने पत्रिकाका प्रबन्ध निर्देशक अशोक पौडेलले बताए ।

मोफसलमा बसेर बिटको पत्रिकारिताको सुरुवात गरिएको भन्दै आम पाठकलाई मध्यनजर गर्दै समाचार पस्किने उनले बताए ।

पत्रिका सञ्चालनमा कठिनाई भए पनि आर्थिक बिटलाई मोफसलबाट पनि सुरुवात गरौं भन्ने उद्धेश्यले यसको प्रकाशन पुनः सुरु गर्न लागिएको प्रकाशक दिपक अनुरागीले बताए ।

पत्रिकाका हरेक गतिविधि आर्थिक र विकास निर्माणसंग जोडिने खालका हुने भन्दै यसले देशको अर्थतन्त्र चलायमान गराउनका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा उनले विश्वास व्यक्त गरे ।

मुलधारको पत्रिकारितामा आर्थिक गतिविधिले खासै प्राथमिकता नपाउने र मोफसलमा भए गरेका आर्थिक गतिविधि झनै जनताले थाहा नपाउने गरेको विद्यमान परिपेक्ष्यमा यसलाई मध्यनजर गरी आर्थिक पत्रिका सञ्चालन गरिएको उनले बताए ।

ए वान मिडिया सेन्टरद्धारा प्रकाशित आर्थिक खबर हरेक महिनाको १ र १६ गते बजारमा आउने छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९ मंगलबार ००:००  १० : ५६ बजे