रुकुम पश्चिम ।
पहिरोमा पुरिएर आइतवार रुकुम पश्चिममा आमा छोरीको ज्यान गएको छ । पहिरोमा पुरिएकी एक बालिकाको भने उद्धार गरिएको छ ।
आठबीसकोट नगरपालिका १४ पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा जाजरकोटको भेरी नगरपालिका १ मैदैकी ३० वर्षीया बालमती राना र उहाँकी दुई वर्षीया छोरी प्रतिक्षाको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा सँगै परेकी प्रतिक्षाकी दिदी १२ वर्षीया तिर्सनाको भने उद्धार गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका १ माइतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उहाँहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्ने क्रममा पहिरोले भवन पुरिएको हो ।
यसैबीच आजै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा नम्बर ३ का दलवीर गुरुङ बेपत्ता हुनुभएको छ ।
प्रतिक्रिया