१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

बुटवलमा डेंगु संक्रमणबाट पूर्व गाविस उपाध्यक्ष आचार्यको मृत्यु



बुटवल ।

बुटवलमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगुका कारण मृत्यु भएको हो ।

केही दिनदेखि अस्वस्थ रहेका आचार्यलाई बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको थियो । बिहीबार थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा दिउसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बिहीबार राती नै त्रिवेणीमा अन्त्येष्टि गरिएको छ ।

आचार्य अर्घाखाँचीको मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् । केही सातायता रुपन्देहीमा डेंगुका बिरामी दिनहुँ बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुको संख्या बढेको वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले बताए

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  ११ : ४९ बजे