बुटवल ।
रुपन्देहीका सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका–११ स्थित कोठी जंगल क्षेत्रअन्तरगत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।
रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।
मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन् । देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।
प्रतिक्रिया