लुम्बिनी ।
गौतमबुद्ध जन्मस्थल लुम्बिनी र रुपन्देहीको दक्षिणी सिमावर्ती क्षेत्र मर्चवारलाई यातायातसँग जोड्न तिनाउँ र दानव नदीमा पुल निमार्णको लागि अध्ययन सुरु गरिएको छ ।
स्थानीयलाई सहज आवगमन र बाह्रै महिना यातायात सञ्चालनको लागि कोटहीमाई गाँउपालिका– २ र ५ मा पर्ने देवनक्सापुरमा पक्की पुल निमार्णका लागि नाँपजाच गरी अध्ययन सुुरु गरिएको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसीउदिन खाँले जानकारी दिए। उक्त पुल दुई सय मिटर लामो हुने प्रारम्भिक अनुमान छ । भने पुल निमार्ण पश्चत मर्चवारको भारतीय सिमावर्ती क्षेत्रबाट लुम्बिनी पुग्न करिव सात किलोमिटर दुरी छोटीने छ ।
सम्मरीमाई गाउँपालिका वडा नं ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकालाई जोडने दानव नदीको चक्किया घाटमा पनि पक्की पुल निर्माण लागि प्रारम्भिक अध्ययन गरिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनीले जानकारी दिए। हाल चक्की घाटमा वारीपारी खेत रहेका किसान तथा लुम्बिनी क्षेत्रमा यात्रा गर्ने स्थानीयले जोखिम मोलेर ढुंगा चढदै आएका छन् ।
लुम्बिनी प्रदेश सरकारबाट मर्चवारको ५ स्थानमा पक्की पुलको प्रस्ताव गरीएको छ । स्थानीयको माग अनुसार सम्मरीमाईको चक्कीया, मायादेवीको खुरहुरीया, कोटहीमाई गाउँपालिकाको देवनवक्सापुर, दुईमोहान भुवरी घाट र भसिहवा घाटमा पक्की पुल बनाउने प्रकृया अगाडी बढाईको मन्त्रि खाँले बताए ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले प्ररारम्भिक अध्यनमा पुल बनाउन सहज देखिएको बताए । विभागको पुल महाशाखा मार्फत केन्द्रसँग माग गरि पुल निर्माण गरीने उनले बताए । प्रारम्भिक अध्ययनमा नदीको चौडाई, पानीको बहावको चौडाई, माटाको अवस्था, पुलको दिसाबारे अध्यन गरिएको छ । श्यामशंकर पाण्डे, गोरखापत्र
प्रतिक्रिया