तम्घास ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू कहिल्यै पनि पदको लोभमा नभएको बताउनुभएको छ ।
समाजवादी प्रेस संगठन, गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफू पदको लोभमा नभएको बताउनुभएको हो ।
राष्ट्रपति हुने चर्चाको विषयमा गोरखापत्रकर्मीको जिज्ञासामा उहाँले अहिले यो वा त्यो पद भन्दा पनि पार्टीको निर्णय र आवश्यकताको आधारमा हुने बताउनुभएको छ ।
पहिले निर्वाचनलाई सफल बनाउनु पर्छ भन्नुहुँदै उहाँले पदका कुरा सफल भएपछि पछि आउँछ भन्नुभयो ।
संविधानको रक्षा गर्नका लागि गठबन्धन आवश्यक भएको उहाँको भनाइ छ । जनताले वामपन्थीहरुलाई झण्डै दुई तिहाइको मत दिँदा पनि नेतृत्वले सही व्यवस्थापन गर्न नसकेकाले गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।
बामपन्थी एकताको पक्षमा तपाई लाग्नु भएको छ नी भन्ने प्रश्नमा उहाँले बामपन्थी एकता आवश्यक भएको बताउनुभएको छ ।
अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरुसँग एकीकरणको सम्भावना नभए पनि नेकपा माओवादी केन्द्र०सँग निकटता रहेको बताउनुभयो ।
प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँट विगतका इतिहासलाई हेरेर हुने भएकाले कुनै पनि समस्या नआउने उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया