१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

अर्घाखाँचीमा एक पुरूषको वेवारिसे शव फेला



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा ११ गैडा सामुदायिक वनमा आइतबार वेवारिसे शव फेला परेको छ ।

शव सडिसकेको अवस्थामा एक पुरूषको शव फेला परेको हो । जंगलमा च्याउ खोज्न गएका महिलाले शव फेला पारेपछि सम्बन्धित निकायमा खवर गरेका थिए ।

शव नजिकै खैरो रङको झोला समेत फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । शव फेला परेको खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीको नेतृत्वमा प्रहरीको टोलि घटनास्थल पुगेको थियो ।

शव सडिसकेकाले पुरूषको मृत्यु १४/१५ दिन अगाडिनै भैसकेको हुनु पर्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले वेवारिसे शवको पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाईएको छ ।

पटक पटक शितगंगाको दुर्गम क्षेत्रमा यस्ता घटना दोहोरिदै आएको छ । तर ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमाट्मको भवन निर्माण भएपनि सवको पोष्टमाट्म नहुँदा ग्रामिण क्षेत्रका गरिब जनताले निकै सास्ती खेप्दै आएका छन् ।

ग्रामिण क्षेत्रका नागरिकलाई जिल्लाको सदरमुकाममा सव पोष्टमाट्म गर्न लैजान खल्तीमा न्यूनतम २० देखि ३० हजार ऋण खोजेर भएपनि बोक्नु पर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रमा २४ घण्टे सेवा सुचारू हुँदा सुरूको समयमा स्वास्थ्य केन्द्रमा शवको पोष्टमाट्म भए पनि पछिल्लो लामो समय देखि पोष्टमाट्म हुन सकेको छैन ।

पोष्टमाट्म नहुदा साबिक गाबिस ठाडा, सितापुर, सुवर्णखाल, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, प्युठान जिल्लाका केही साविक गाबिसका नागरिकले समस्या भोग्दै आएका छन् । स्वास्थ्य केन्द्रमा पोष्टमाट्म सेवा सुचारू गर्न सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९ आइतबार ००:००  ६ : २० बजे