कपिलवस्तु ।
निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्ष पदको उमेद्धारमा चन्द्रशेखर श्रेष्ठले उमेद्धारी घोषणा गरेका छन् ।
शनिवार संघको कार्यालय तौलिहवामा निर्माण व्यवसायी संघका सदस्यहरुलाई भेला गराई उमेद्धारी घोषणा गरेका हुन् । पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठले निर्माण क्षेत्रका वेथिती हटाउन र संगठनलाई थप व्यवसायी र गुणस्तरिय पेशा वनाउनको लागि आफ्नो उमेद्धारी रहेको बताए । सबै सदस्यहरु संग परामर्श गरेर आफुले अध्यक्षको पदमा उमेद्धार रहेकोले सबैको सहयोग रहने उनले बताए ।
यहि भाद्र १७ गते हुने सातौ अधिवेशनमा श्रेष्ठ संगै वर्तमान महासचिव सरोज अर्याल र निर्माण व्यवसायी वलराम तिवारीको पनि उमेद्धारी रहने उनिहरुले बताएका छन् ।
प्रतिक्रिया